संगीत

झुमाको ‘घाटुसरी’ युके र युरोपमा प्रदर्शन हुने


काठमाडौं, २६ असोज - झुमा लिम्बुको सांगीतिक सांस्कृतिक वृत्तचित्र ‘घाटुसरी’ प्रदर्शन हुने भएको छ । युरोपका विभिन्न शहरमा नेपाली संगीत परम्परा र सांस्कृतिक सम्बन्धलाई अन्तर्राष्ट्रिय समुदायमा समेत चिनाउने उद्देश्यले युरोपको भ्रमण गर्न लागेको झुमाले जनाइन् ।

घाटुसरीको सांगीतिक प्रभाव र परम्परामा अध्ययन गरेर उनी युरोपको भ्रमणमा जान लागेकी हुन् । लमजुङको स्थानीय गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलनमा पाइन्छ । घाटुसरीको संगीतमा झुमेर बेहोस हुने र संगीतकै माध्यमबाट ब्युँझिने सामर्थ्यले आफूलाई यसको अध्ययन गर्न जिज्ञासा लागेको उनले बताइन् ।

आफ्नो पछिल्लो गीति संग्रह खासाम तयार पार्न पूर्वी नेपालका पहाडी भूभाग र भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किमको विभिन्न ठाउँमा लगायतका स्थानमा अध्ययन गरेको बताइन् । भविष्यमा सुदूरपश्चिमलगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने उनको योजना छ ।

कोठाभित्र रचिएका गीतले संगीतको वास्तविक अनुभव दिन नसक्ने बताउँछिन् उनी । उनको तर्क छ, ‘मौलिक काम गर्ने हो भने भ्रमण जरुरी छ ।’ असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस