साहित्य

अश्विनी कोइरालाको ‘प्रेमालय’ को विमोचन


काठमाडौं, २९ असोज – लेखक तथा पत्रकार अश्विनी कोइरालाको तेस्रो कृति ‘प्रेमालय’को शनिवार विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उपन्यासको विमोचन गरिएको हो ।

यसअघि ‘उनी’ र ‘जुकरबर्ग क्याफे’ प्रकाशन गरेका कोइरालाको ‘प्रेमालय’ पहिलो उपन्यास हो । उपन्यासले प्रेमका विविध आयामलाई केलाएको र प्रेम, यौन र विवाहका विषयमा समाजमा स्वस्थ बहस होस् भन्ने उद्देश्यले आफूले उपन्यास लेखेको कोइरालाले बताए ।

विवेकशील साझा दलकी नेत्री रञ्जु दर्शना, अभिनेत्री बेनिशा हमाल, पत्रकार स्वेच्छा राउत, रेडियो पत्रकार महावीर विश्वकर्मा र पूर्वप्रहरी अधिकृत बिनु गौतमले संयुक्त विमोचन गरी पुस्तकमाथि टिप्पणीसमेत गरेका थिए ।
कार्यक्रम अभिनेत्री सुरक्षा पन्तले सञ्चालन गरेकी थिइन् ।

युवाप्रेममा आधारित उक्त उपन्यासको सफलताको कामना सबै वक्ताहरूले गरेका थिए ।
उपन्यासलाई बूकहिल पब्लिकेसनले बजारमा ल्याएको हो । असोज २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस