संगीत

मन्त्र ब्याण्डको कन्सर्टमा लागुऔषध विरुद्धको आवाज


झापा – चर्चित ब्याण्ड मन्त्र ब्याण्डले ‘से नो टु ड्रग्स’ नाराका साथ झापाको शिवसताक्षीस्थित डुुडामारी चोकमा शुक्रवार ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’ गरेको छ । मन्त्र ब्याण्डको उपस्थिति रहेको कार्यक्रममा मन्त्रका गीत सुन्न जिल्लाका विभिन्न ठाउँबाट प्रशंसक उपस्थित भएका थिए ।

झण्डै डेढ घण्टासम्म मन्त्र ब्याण्डले आफ्ना चर्चित गीत सुनाएर माहोल तताएको थियो । 'संस्कृति' गीतबाट शुरु गरेको नेपालीपन झल्किने आधा दर्जन गीत प्रस्तुत गरेको थियो । तिम्रै निम्ति, सपना, रिमझिम रिमझिम पानी, तर हुरुरु पानी पर्छ लगायतका गीत गाउँदा दर्शकको साथ पाएको ब्याण्डले सधै सधै आइरहन्छ गाउँदा दर्शकले उस्तै साथ दिएका थिए ।

श्री भगवति स्कूलमा भएको कार्यक्रममा लागुऔषध विरुद्ध सबैको साथ जुटाउने उद्देश्यले स्थानीय क्लबको कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्थानीय सिग्नेचर ब्याण्डको पनि प्रस्तुति रहेको थियो ।

गाउँमा पनि युवा कुलतमा फसेकोले यस्ता कार्यक्रम गरेको आयोजकले बतायो । ‘से नो टु ड्रग्स’ नारासहितको उक्त कार्यक्रमले कुलत विरुद्धको समाज निर्माण गर्न भूमिका खेल्ने आयोजकको विश्वास छ ।
असोज २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस