बैंक / सेयर

राष्ट्र बैंकमा आन्दोलन थप चर्कियो

rastra bank
काठमाडौं, २९ असोज- नेपाल राष्ट्र बैंकमा लामो समयदेखिको आन्दोलन थप चर्किएको छ । राष्ट्र बैंक सञ्चालक समितिले कर्मचारी बिनियमावली स्वीकृतिका लागि लोकसेवा आयोगमा पठाएपछि आन्दोलन थप चर्किएको हो । आम कर्मचारीको वृत्ति विकासमा असर पुर्याउने भन्दै उक्त प्रावधान खारेजीको माग राख्दै राष्ट्र बैंकका कर्मचारी युनियनले आन्दोलन गरि रहेका छन् । राष्ट्र बैंकमा हेका विभिन्न दल निकट कर्मचारी संगठनले आफ्नै तरिकारले आन्दोलनको थप घोषणा गरेका छन् ।
कांग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघले आगामी कात्तिक ८ गतेसम्म हरेक दिन बिहान १० दिन १२ बजे बालुवाटार स्थित प्रधान कार्यालयमा कालोपट्टी बाँधि गभर्नर कार्यालय घेराउ गर्ने जनाएको छ । त्यो अवधिमा थापाथली स्थित बैंकिङ कार्यालयका कार्यकारी निर्देशक र जिल्ला स्थित शाखा प्रमुखको कार्यकक्षमा धर्ना दिने संघले जनाएको छ ।

एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले पनि पाचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृतिका लागि पेश गरेको कर्मचारी बिनियमावली संशोधनमा अध्ययन भइ रहेको लोक सेवा आयोगले जनाएको छ । सन् २००१ देखि लागु ३० बर्षे सेवा अवधि खारेज लगायतका प्रावधान सहित कर्मचारी बिनियमावली स्वीकृतिका लागि केन्द्रीय बैंक सञ्चालक समितिले आयोगमा पेश गरेको थियो । असोज २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस