बैंक / सेयर

साताको शुरुमा सेयर बजार उकालो, ८.२६ अंकले बृद्धि

nepse
काठमाडौं, २९ असोज- साताको पहिलो सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ८ दशमलव २६ अंकले बढेर १५१८ दशमलव २८ अंकमा उक्लिएको छ । आइतबार कारोबारमा आएका सबै उपसुचक बढ्दा नेप्से सूचक संगै कारोबार रकम समेत बढेको हो ।

मुख्य सूचकलाई पछ्याउदै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ५७ अंकको बढोत्तरी संगै ३१९ दशमलव २० अंकमा उक्लिएको छ ।

आइतबार १ सय ५५ कम्पनीका आठ लाख १४ हजार कित्ता शेयर ५१ करोड ८६ लाख रुपैयाँमा खरिद बिक्रि भयो । गत साताको तुलनामा कारोबार रकममा उत्साहजनक सुधार आएको हो । सबैभन्दा बढी १५ करोड ९६ लाख रुपैयाँको डिप्रोक्स डेभलपमेन्ट बैंकको शेयर खरिद बिक्रि भएको छ ।

साताको पहिलो दिन बैंक ८ दशमलव ६९, ट्रेडिङ ३ दशमलव ४६, होटल ३० दशमलव ९, विकास बैंक १२ दशमलव ९३, जलबिद्युत ६ दशमलव ०८, फाइनान्स १ दशमलव ५५, बीमा २६ दशमलव ०५ र अन्य उपसूचक १ दशमलव ७४ अंकले बढेका छन् । असोज २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस