संगीत

वर्षालाई फकाउँदै अलिअलि भन्दै...


काठमाडौं, ३० असोज - अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेको गीतको भिडियो 'अलि अलि' सार्वजनिक भएको छ । गोपाल ज्ञवालीले स्वर दिएको गीतको भिडियोमा वर्षा र कमल सिंहलाई फिचरिङमा देखाइएको हो ।

बादल घिमिरेको लय र संगीत रहेको गीतलाई साहस शाक्यले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सन्तोष राजवाहकले भिडियोको निर्देशन गरेका हुन् ।
असोज ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस