बैंक / सेयर

नेपाल ग्रामीण विकास बैंकको एफपिओ बाँडफाँट


काठमाडौं, ३१ असोज - नेपाल ग्रामीण विकास बैंकको एफपिओ बाँडफाँट भएको छ । बैंकले प्रीमियम मुल्य नराखि एक सय रुपैयाँ प्रति कित्ताका दरले एफपिओ विक्रिको आवेदन खुलाएको थियो ।

९७ हजार ५०० आवेदकले गोलाप्रथामार्फत १० कित्ता सेयर पाएका छन् । २ लाख ५० हजार ५२४ जनाको आवेदन भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र सेयर पाएका हुन् ।

३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको छ । २ अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको थियो । ग्रामीणले भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ग्रामीणको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १० पैसा छ । असोज ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस