बैंक / सेयर

एनबिआइ र एनएमबि बैंकबीच तालिम संचालन गर्ने सम्झौता

nbi and nmbकाठमाडौं, ३१ असोज- नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) र एनएमबि बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंक बिच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

संझौताअनुसार एन.बी.आईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गर्ने जनाएको छ ।

उक्त सम्भौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । असोज ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस