बैंक / सेयर

सोमबार बढेको नेप्से मंगलबार ६ अंकले फेरि घट्यो

nepse
काठमाडौं, ३१ असोज- साताको दोस्रो दिन सोमवार ६ अंकले सेयर बजार परिसुचक नेप्से घटेको छ । सोमबार एकै दिन ४६ अंकले बढेको बजार मंगलबार फेरी आरोलो लागेको हो । दशैं पछि राजनीतिक उतारचढावसँगै नेप्से बजारमा पनि उतारचढाव देखिएको छ ।

मंगलवार बजार करिब ६ अंकले घटेर १ हजार ५ सय ५९ विन्दुमा आइपुगेको छ । यस दिन ६१ करोड रुपैयाँको सेयर कारोबार भयो । यसदिन व्यापारमुलक, जलविद्युत् र ‘अन्य’ समूहको परिसूचकमा मात्र सुधार देखिएको छ । २४ प्रतिशत लाभांश र एफपीओ जारी गर्ने घोषणा गरेको ओरियण्टल होटलको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
असोज ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस