संगीत

नेपाली आधुनिक गीतमा विदेशी मोडल ! (भिडियो)


काठमाडौं, १ कार्तिक – तिहारको छेकोमा रिलिज भएको आधुनिक गीत ‘पहिलो पाइला’ मा अस्ट्रेलियाकी मोडल होली केन्डलले मोडलिङ गरेकी छिन् । रौगव घिमिरेले स्वर दिएको गीतको भिडियोमा उनी देखिएकी हुन् ।

प्रेमका शब्द समेटिएको गीतमा होली केन्डललाई दीपक परियारले अभिनयमा साथ दिएका छन् । भिडियोको शूटिङ अस्ट्रेलियामा गरिएको छ । भिडियोलाई छायांकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् भने गीतमा शब्द र संगीत गायक रौगव घिमिरेको रहेको छ ।
कात्तिक १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस