बैंक / सेयर

एनआइबिएल र भारतको एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता

Axis-NIBLकाठमाडौं, १ कार्तिक- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड.(एनआइबिएल) र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्र्नेे सम्झौता भएको छ । भारतमा रहेका नेपाली र उनका परिवारको सहजताका लागि एनआइबिएलले सो सेवा पृथ्वी रेमिटमार्फत भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको हो ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सिस बैकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिनेछ ।

छिटो, सहज र सुरक्षित तरिकाले रकमप्राप्तगर्न यो माध्यम उपयुक्त हुने विश्वास बैंकले लिएको छ ।
कात्तिक १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस