बैंक / सेयर

तिहारपछिको पहिलो दिन नेप्से ३.५७ अंकले उकालो

nepse
काठमाडौं, ५ कात्तिक- तिहारको विदा पछि आईतबार सेयर बजार ३ दशमलव ५७ अंकले बढेको छ । आइृतबार सेयर बजार परिसुचक १५७१ दशमलव ९२ अंकमा पगेर बन्द भएको छ । आइतबार बजारमा ३६ करोड ९३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार ट्रेडिङ, होटल र इन्स्योरेन्स उपसुचक बाहेक सबै उकालो लागेका छन् । अन्य समूह अन्तर्गतका कम्पनीमा लगानी गर्नेले सबैभन्दा धेरै १.३२ प्रतिशत कमाएका छन् ।

साताको पहिलो दिन अरुण कावेली हाइड्रोपावरका शेयरधनीले सबै भन्दा धेरै ६ दशमलव ६९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै ३ दशमलव ०१ प्रतिशत गुमाएका छन् । चिलिमे हाइड्रोपावर कम्पनीको सबै भन्दा धेरै चार करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै भन्दा धेरै कारोबार हुने दश कम्पनीमा वुटवल पावर, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर, चिलिमे लघुवित्त विकास बैंक, एनआइसि एशिया बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, एसिसि बैंक, सन राइज बैंक र प्रभु इन्स्योरेन्स रहेका छन् । कात्तिक ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस