विश्लेषण : आलेख

बिचरा निजामती !


भनिन्छ काम बाहेक कर्मचारीको नाम र पहिचान हुँदैन । काममार्फत नै सर्वसाधारणको मनसम्म पुग्ने, काममार्फत नै राज्य प्रणाली निर्माण गर्ने र काममार्फत नै सरकारलाई चलायमान बनाउने भएकाले कर्मचारीको मूल्य, धर्म, आचरण, बृत्ति अनि प्रवृत्ति पनि काम नै हो ।

राज्यइच्छा अभिव्यक्त भएका संविधान, नीति र कानुन सवैलाई सजीव बनाउने कर्मले हो । कर्म नै कर्मचारीका आचरण हो, त्यसैले उसलाई कर्मचारी भनिएको हो । शासनको प्रशासन, नीतिको नियमन र व्यवस्थाको व्यवस्थापन कर्मचारीको कर्म हो ।

राज गर्ने राजनेताहरु कर्म गर्ने कर्मचारीको सक्रियताविना निर्जीव हुन्छन् । त्यसैले भनिएको होला, कुनै पनि सरकार त्यहाको प्रशासनले अनुमति दिएभन्दा राम्रो बन्न सक्तैन । विड्रो विल्सनले एक प्रसंगमा यसलाई राज्यको चौथो अंग पनि भनिदिएका थिए । आधुनिक राज्य व्यवस्थाको केन्द्रस्थमा विना विकल्प कर्म, समर्पण र क्रियाशीलतामा निजामती कर्मचारी नै रहन्छ ।

निजामती कर्मचारीको आविस्कार नै राज्यसञ्चालनमा प्राण भर्नका लागि भएको थियो । त्यसैले निरन्तर रहिरहने मानव संस्था राज्य रहेसम्म राज्य प्रणालीलाई स्वचालित क्रियाशीलतामा परिमार्जन र परिस्कार गर्दै, अनि आफै पनि परिस्कार हुदै जान्छ निजामती सेवा । यस अर्थमा निजामती सेवा र राज्यप्रणाली अभेद्य पारस्पारिकतामा रहन्छन् । एकविना अर्कोको कल्पना पनि गर्न सकिदैन ।

गर्नेबाट नै अपेक्षा गरिने हो । निजामती कर्मचारीबाट पनि थुप्रै अपेक्षा छ । अपेक्षा भएकाले आलोचना पनि छ । आलोचना यदाकदा आक्रमणमा समेत पोखिने गरेको छ । सर्वसाधारणहरु सेवाग्राहीका हैसियतमा छिटो, छरितो, मितव्ययी, विनाझञ्झट, मधुर बोली र मीठो सेवाव्यवहारको अपेक्षामा छन् । सेवाग्राहीकै लागि कर्मचारी उपस्थित छ, सेवाग्राहीकै पसिना तलव सुविधाका रुपमा उपयोग गरिरहेको छस यस अर्थमा सेवाग्राहीका अपेक्षा स्वाभाविक हुन् । तर उसबाट पोखिने मुस्कान, उसको मधुर बोली मनकै पोखाई हो ।

लेखक मैनाली



उसको सक्रियता, सामथ्र्य र शक्तिको जोड हो, जुन स्वप्रेरित भएमा, प्रोत्साहित भएमा, स्वस्थ भएमा र उसमाथि निष्पक्ष व्यवहार भएमा मात्र देखिने हुन् । बुझ्नुपर्ने कुरा के हो भने सेवाग्राहीका अपेक्षा पूरा गर्न कर्मचारीलाई पदसोपान, संगठनसीमा र उभयपक्षबाट हुने दवाव–प्रभावले ङ्याक्न सक्छ । कार्यवातावरण, हौसला र शक्ति स्रोतले सेवाग्राहीको मनजित्ने सामथ्र्य बटुल्ने हो, सहयोग र स्यावासीले हौसिने हो ।

सर्वसाधारणलाई थाहा छ सेवा वितरणका काउन्टरहरुमा अहोरात्र उपस्थित कर्मचारी वास्तवमा नेपथ्यको पात्र हो, नामरहित पात्र हो । जनताका लागि गरिने सवै काममा निर्देशक मगजको भूमिका राजनेताको हो, राजनीतिक कार्यकारीको हो । सम्पादित काम निर्देशक मगजका नामबाट नै गरिने हुन् । निर्देशकको आदेशवेगर प्रणालीलाई क्रियाशील पार्ने लामाहातहरु क्रियाशील हुनै सक्तैनन् । हौसला नपाई समर्पित अग्रसरतामा पुग्नै सक्तैनन् । पात्र लगातार काम गर्छ तर निर्देशकबाट हुने अस्वस्थ्य आदेश र फितलो दिशावोधको प्रतिरोध गर्न सक्तैन ।

राजनीति र प्रशासनको सम्बन्ध र सीमाको लक्ष्मणरेखाले कार्य, भूमिका, बृत्ति र मूल्यको सीमांकन गरेको छ । त्यसैले कर्मचारीको मन ठूलो हुन्छ, तर मुखचाहि सानो । साना मुख मधुर वोलीको लागि हो र ठुलो मन विश्वास जितेर मायालु बन्नका लागि ।

आफ्नै पीडा र बृत्ति छटपटीमा पनि धेरैजसो कर्मचारी चाहेर पनि बेल्न सक्तैनन् । फगत कर्म, समर्पण र सरलता निजामती कर्मचारीको बृत्ति हो । त्यसैले निजामती सेवालाई आदर्श भनिएको हो ।

यसोभन्दैमा निजामती कर्मचारी निर्जिव संयन्त्र कदापि होइन । उ जीवन्त संगठनको विवेकशील पात्र हो । उसका पन आभ्यान्तरिक इच्छा, आकांक्षा र उन्मेदहरु हुन्छन् । ब्यक्त हुन वा हुन नसक्नुको उ अपेक्षा र आकांक्षाबिहीन यन्त्र कदापि होइन । बृत्तिसेवक भएकाले प्रणालीभित्र निष्पक्ष र बस्तुगत वृत्तिब्यवहार उसको पहिलो अपेक्षा हो ।

त्यसो भएमा मात्र समर्पित क्रियाशीलतामा स्वचालित अग्रसरता देखाउदै जान्छ । आफू र आफ्ना सन्तानका लागि पेटभरि खान लाउन, सन्तानका लागि शिक्षा स्वास्थ्य दिनसक्ने पारिश्रमिको उपलव्धता उसको दोस्रो अपेक्षा हो । प्रणालीभित्र निष्पक्ष प्रोत्साहन उसको तेस्रो अपेक्षा हो, जसको विपरीत व्यवहार हदा पटकपटक उ अपमानित भएको पनि छ ।

निजामती सेवालाई गरिमामय बनाउने नीति नेतृत्व र दिशावोध उसको चौथो अपेक्षा हो । आफू संलग्न सेवासंगठनको इज्जत बढ्दा समाजमा उसकै नाक अग्लिने हो । पाँचो तर सवैभन्द महत्वपूर्ण अपेक्षा निर्देशक मगजका तर्फबाट सम्पादित काममा जसअपजसको संरक्षण निर्देशक मगजले नै लिइदिए हुन्थ्यो भन्नेमा छ, जुन प्रशासन र राजनीतिको सीमा–सम्बन्ध निर्धारण सिद्धान्त (डिकोटोमी प्रिन्सिपल) को मान्यता र राज्य सञ्चालनको सिद्धान्त पनि हो ।

यसर्थ निजामती कर्मचारीले उसको राजनैतिक कार्यकारीबाट प्रणालीको संरक्षण, वृत्ति सुरक्षा, समान व्यवहार, पर्याप्त सेवा सुविधा, अभिभावकत्व, कार्यप्रोत्साहन, कार्यस्वायत्तता, दिशावोध र नेतृत्व निर्वाह अनि अन्तिम जवाफदेहिता मनदेखि माग गरिरहेको हुन्छ । सफल राजनेताहरु यसो गर्न कदापि पछि पर्दैनन् ।

निजामती सेवालाई बृत्ति चयन गर्दा कर्मचारीले आफूभित्र थुप्रै सोच र उन्मेदहरु संगालेको हुन्छ । एउटा सफल बृत्तिसेवक हुनु भनेको राष्ट्रसेवा र बृत्तिसेवा संगसंगै वरण गर्नु पनि हो । निर्दिष्ट जिम्मेवारी पूरा गर्दै जादा कर्मचारीभित्र विज्ञता पनि बढ्दै जान्छ, विज्ञताले सामथ्र्य र स्वायत्तताको आर्जन गर्छ ।

विवेक र विज्ञताको उपयोगबाट राष्ट्रसेवामा योगदान पु¥याउछ । बृत्तिको सुरक्षा र राष्ट्रनिर्माणको आभ्यान्तरिक स्वप्रेरणाले नै कर्मचारी आदर्श बन्ने हो, संगठन सजीव बनाउने हो, जनता र नेताको मन जित्ने हो, र सरकार अनि सर्वसाधारणबीच सम्बन्ध सेतु बन्ने हो ।

यसैमा निरन्तर रहदा भर्खर जुघारेखा बस्दै गरेको होनभार प्रतिभा मुलुकका भाषिक, भौगोलिक, सांस्कृतिक परिवेशसंग परिचित हुदै जीवन र जवानी नै राष्ट्रसेवामा समर्पण गर्न पुग्छ । यसबीच उससंग बाल्यकालमा खेल्ने साथीसंगी, माया दिने इष्टमित्र, आफै जन्मे हुर्केको पाखा पखेरासंग पत्तै नपाई अलग्गिएको हन्छ । जव सेवाबाट निवृत्त हुन्छ, झल्यास्स आखा खुल्छ खोइ साथी–संगी, खोइ पाखा–पखेरा, खोइ–नातासम्बन्धी ?

यी यावत परिवेशसंग सम्बन्धको नवीकरण चाहेर सम्भव छ र ? जीवन र जवानी रित्याएर पुनर्जिवन १ प्रतिभा र विज्ञता रित्याएर पुनर्वृत्ति १ संस्मरणको प्mल्यासव्याकमा एउटा समर्पित कथाको पात्र झै बृत्तिसेवाको बखान र राष्ट्रसेवा गरेकोमा गर्व गर्छ र वाँकी जीवन विताउँछ । यो निजामती सेवाको आविस्कार नभएको भए ....? विज्ञहरुलाई अध्ययनको विषय बनोस ।

तर यति गरिमा बोक्ने, अहम् भूमिका र महत्व भएको सजीव प्रणालीभित्र केही असजिला पक्षले पनि प्रवेश पाएको छ । समूह भावनामा समर्पित हुने कर्मचारी समूह आस्थामा विभाजित हुदैछ । सेवाको कुनै सदस्यलाई चोट लाग्दा उसलाई मात्र दुख्ने भयो । समूहभित्र ईष्र्या र द्वेष हुर्किन लागेकोले माया र आपसीपना पातलिन लाग्यो ।

प्रणालीको संरक्षण नेतृत्वबाट हुनुपर्ने जस्तो भएन । प्रमोशन र अवसर पनि अस्वस्थ आस्थामा प्रतिस्पर्धी भयो । विचार र आस्थाको छहारी खाज्ने प्रयास हुनथाल्यो । संगठनभित्र सौदावाजी पनि हुर्किएको महशूस गरिँदैछ । आचरण र अनुशासन पातलिँदै छ । कर्म र समपर्णलाई बृत्तिसोचले विस्थापन गर्दैछ ।

इमान्दारहरुले इमान्दार बन्दा पटक पटक चोट पाएका छन्, तर प्रणाली मौन छ । ‘इमान्दार बन्न नपाइने हो कि’ भन्ने संशय पनि देखिएको छ । सतहका यी विकृतिलाई पन्छ्याएर आगामी दिनका लागि असल निजामती प्रणाली कसरी निर्माण गर्ने ?संघीय निजामती सेवा निर्माणका सन्दर्भमा यही प्रश्नको सरल उत्तर खोज्नुको विकल्प छैन ।

मैनाली नेपाल सरकारका सचिव हुन्
(mainaligopi@gmil.com) कात्तिक ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस