साहित्य

नाटकमा रुचि छ? काठमाडौंमा हुँदैछ नाट्य मेला, यस्ता छन् नियम


काठमाडौं, ९ कार्तिक - सर्वनाम थिएटरको आयोजनामा दश मिनेट लामो नाटक मेला हुने भएको छ । नेपाली रंगमञ्चमा निरन्तर रुपमा क्रियाशील सर्वनाम थिएटरले रंगकर्मीलाई आफ्नो कल्पनाशीलता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने भएको हो ।

अधिकतम दश मिनेटसम्म लामो नाटक प्रस्तुत गर्ने उक्त कार्यक्रममा देशभरमा भएका नाटककर्मीले एकसाथ भाग लिन पाउने सर्वनाम थिएटरले जानकारी गराएको छ ।

जुनै विषयवस्तुमा पनि नाटक निर्माण गर्न पाइए पनि कुनै जाति, धर्म, समुदायलाई असर नपर्ने खालको नाटक हुनुपर्ने आयोजकले जानकारी दिएको छ ।

आउँदो मसिंर २० गतेसम्म नाटक मेलामा सहभागिता जनाउन सकिनेछ । रुपैयाँ दश दस्तुर सहित आफ्नो नाटक काठमाडौंस्थित सर्वनाम थिएटरको कार्यालयमा बुझाउन सकिनेछ ।

केही नियम र थप जानकारी हेर्नुहोस्ः
कात्तिक ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस