खोज/विशेष : खोज

चीनको हुँदैन कसैसँग तुलना : बनायो अद्भुत संरचना

काठमाडौं, १२ कात्तिक — आफ्ना आश्चर्यजनक भवन नमूनाहरूबाट संसारलाई तीनछक्क बनाउने चीनको अर्को एक परियोजना सार्वजनिक भएको छ ।


गुइझोऊ प्रान्तमा रहेको एलियन्स सिटीको तरिकाले बनाइएको पार्कमा एलियन चढेर आउने उडनतश्तरी जस्ता संरचनाका अलावा १७४ फीटको मूर्ति पनि बनाइएको छ । रोबोटको मूर्ति ७५० टन स्टीलबाट बनाइएको हो ।

पर्यटकहरूलाई आकर्षित गर्नका लागि बनाइएको यो थीम पार्क लगभग ३२० एकड जमीनमा फैलिएको छ ।

लगभग १३ सय अर्ब रुपैयाँमा बनिरहेको पार्कमा पर्यटकले एलियनको संसारमा पुगेको अनुभूति गर्नेछन् ।

यहाँ साइन्स सेन्टरहरू पनि हुनेछन् । सबभन्दा आकर्षक कुरा भनेको हलिउडको सुपरहिट फिल्म ट्रान्स्फर्मरमा देखाइएको रोबोट पनि हो । यसलाई बनाउन ७५० टन स्टील र कंक्रिट प्रयोग गरिएको छ ।

यो परियोजना चीनको ओरिएन्टल टाइम्स मिडिया क्रप्स एनिमेसन युनिटले पूरा गरेको हो । पार्क निर्माणमा वातावरण संरक्षणलाई पनि विचार पु–याइएको छ ।


बिजुलीका लागि थुप्रै सोलर प्यानलहरू जडान गरिएको छ । पार्कमा बच्चाहरूका लागि साइन्स फिक्सन गेम्सदेखि लिएर अनेकौं रोलरकोस्टरहरू पनि हुनेछन् ।

एजेन्सी

कात्तिक १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस