सिनेमा

अमेरिकामा नीता बनिन् उत्कृष्ट अभिनेत्री, ‘पञ्चायत’ बन्यो उत्कृष्ट फिल्म


काठमाडौं, १४ कार्तिक - शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’ ले अमेरिकाको सान फ्रान्सिको इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाल फिल्मको अवार्ड जितेको छ । सोही फिल्मबाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।

अभिनेत्री नीता ढुंगानाले आफ्नो फेसबुकमार्फत उक्त अवार्ड पाएर धेरै खुशी भएको बताएकी छिन् । । ‘म धेरै खुशी छु, मेहनतको फल मीठो हुन्छ भन्थे, हो रहेछ ।’, उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् ।
यही फेस्टिभलका लागि उनी यतिबेला अमेरिकामा छिन् ।

पञ्चायत कालको अवस्थालाई पर्दामा उतार्न खोजिएको फिल्ममा नीताले एक छोरीको भूमिका निभाएकी छिन् । नेपालमा भने फिल्म अझै रिलिज भएको छैन । अमेरिकामा भएको फेस्टिभलमा विभिन्न राष्ट्रका २ सय १६ फिल्म सहभागी थिए ।


तस्वीरः नीता ढुंगानाको फेसबूकबाट कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस