सिनेमा

शाहरुखले स्वीकारे, ‘अब करियरका लागि केही गर्नुपर्छ’


मुम्बई – शाहरुख खान र करण जोहर फेरि एकसाथ आउँदैछन् । दुवैले मिलेर इत्तेफाक रिमेक निर्माण गरिरहेका छन् । फिल्ममा सिद्धार्थ मल्होत्रा, सोनाक्षी सिन्हा र अक्षय खन्ना छन् । फिल्मलाई लिएर अहिले नै चर्चा परिचर्चा भइरहेको छ । फिल्म आउँदो शुक्रवार रिलिज हुँदैछ ।

फिल्म प्रचारको एक इभेन्टका दौरानमा शाहरुख खान र करण जोहर एक साथ मञ्चमा देखिए । र, पत्रकारले सोधेका धेरै प्रश्नको जवाफ पनि दिए । ती सबै जवाफ चित्तबुझ्दा पनि थिए ।

करण जोहरसँग कुरा गर्दै गर्दा शाहरुख खानले भने, ‘म र करण प्रायः नयाँ आइडियामा छलफल गर्छौं, मलाई लाग्छ अब हामीले केही नयाँ प्रयोग गर्नुपर्छ ।’

शाहरुख खान र करण जोहरको पहिलो भेट करण अर्जुनको सेटमा भएको थियो । त्यतिबेला करण फिल्ममा केही गर्न चाहनन्थे । त्यही कार्यक्रममा करणले आफू इन्द्र धनुष नामको एक सिरियलमा अडिसन दिन गएका थिए जतिबेला शाहरुख खानले रिजेक्ट गरिदिएका थिए ।

शाहरुख खानका पछिल्ला फिल्मले सोचअनुरुप व्यापार गर्न सकेका छैनन् । तर करण र शाहरुखको सहयात्रा सँगै गइरहेको छ । कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस