सिनेमा

दीपिकालाई देख्दा धेरै खुशी लाग्छः इरफान खान


मुम्बई – इरफान खान आफ्नो फिल्म 'पीकू' की को–स्टार दीपिका पादुकोणका साथ फेरि अर्कोपटक फिल्ममा साथै देखिनेछन् । आउने फिल्म ‘सपना दिदी’ मा यी दुईको केमेस्ट्री बिल्कुलै भिन्न किसिमको हुनेछ । यो फिल्म हसने जैदीको किताब माफिया क्वीनबाट प्रेरित हुनेछ ।

फिल्म सपना दिदीका रुपमा चिनिने अशरफ खानमा आधारित हुनेछ । फिल्ममा भने सपना दिदीको भूमिकामा दीपिका देखिनेछिन् । इरफान खानको चरित्र पनि फरक हुनेछ ।

यसै दौरानको अन्तर्वार्तामा इरफान खानले दीपिका आफूलाई धेरै राम्री लाग्ने बताएका छन् । ‘म दीपिका पादुकोणका साथमा काम गर्न सधै धेरै इच्छुक हुन्छु, हाम्रो जोडी कस्तो देखिनेछ भन्ने कुरामा पनि मलाई चासो लागेको छ ।’ उनले भनेका छन् ।

साथै उनले भनेका छन्, ‘दीपिका धेरै नै राम्री र असल महिला पनि हुन्, उनलाई देख्दा मलाई एकदमै खुशी लाग्छ ।’ कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस