सिनेमा

‘फाटेको जुत्ता’ मा दयाहाङको भूमिका यस्तो?


काठमाडौं, १४ कार्तिक – यही शुक्रवार प्रदर्शन हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’ को ट्रेलरले दर्शकमा जिज्ञासा थपिदिएको थियो । प्रदर्शनको संघारमा आइरहेको चलचित्रले यतिबेला अभिनेता दयाहाङ राईको पोस्टर सार्वजनिक गरेपछि दर्शकका लागि अझै चासोको विषय बनेको छ फिल्म ।

हास्य जानरामाथि बनेको चलचित्रले तराईतिरको परिवेशलाई फिल्ममा विषयवस्तु बनाएको छ । चलचित्र ‘फाटेको जुत्ता’ मा दयाहाङ राईलाई भगवानको भेषमा प्रस्तुत गरिएको छ । उनलाई आजसम्म ट्रेलर र टिजरमा समेत देखाइएको थिएन ।

सौगात मल्ल, कामेश्वर चौरासिउा, रविन्द्र झा, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा दयाहाङको भूमिका कस्तो छ र फिल्म कस्तो बनेको छ भन्ने थाहा पाउन भने कार्तिक १७ गते कुर्नुपर्ने भएको छ । कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस