संगीत

विष्णु माझीको नयाँ गीतः तड्पी तड्पी मर्छु


काठमाडौं, १५ कार्तिक – गायिका विष्णु माझी, मोहन खड्का र राज वाइबाको स्वरमा रहेको दोहोरी गीत ‘चोखो माया’ सार्वजनिक भएको छ ।

सँगै बाँच्ने र मर्ने प्रेमिल शब्दमा सजिएको गीतका शब्द विमल अधिकारीले लेखेका हुन् । गीतमा अस्मिता शर्माको संगीत रहेको छ भने भिडियोमा विमल अधिकारी र सुस्मिता गिरीले अभिनय गरेका छन् ।

उक्त भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने कपिल लामाले निर्देशन गरेका हुन् ।
कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस