संगीत

हलो जोत्न उक्साउँदै भोजराज काफ्ले, किन जोत्ने हलो? [भिडियो]


काठमाडौं, १५ कार्तिक – युवापुस्ता विदेशिने लहर बढेको बढ्यै छ । यही विषयलाई उठान गरेर भोजराज काफ्लेले ‘हलो जोत्नुपर्छ’ बोलको गीत सार्वजनिक गरेका छन् ।

आफ्नै देशको माटोमा सुन फलाउन सकिने कुरालाई गीतमा समावेश गरिएको छ । गाईभैंसी पाल्दा, गाउँको काम गर्दा पनि कमाइ हुने भएकाले परदेश नजान गीतमार्फत आग्रह गरिएको छ ।

लय, शब्द र संगीत भोजराज काफ्लेको रहेको उक्त गीतको भिडियोलाई पनि स्वयम् काफ्लेले निर्देशन गरेका छन् । गीतको भिडियोमा लक्ष्मण भण्डारी? लक्ष्मी तामाङ, नविन गोले लगायतका कलाकारले अभिनय गरेका छन् ।
कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस