सिनेमा

रिलिज भयो ‘राज्जा रानी’ को टिजर, कति सुहायो नाजिर हुसेनलाई?


काठमाडौं, १५ कार्तिक – यम थापा निर्देशित चलचित्र राज्जा रानीको टिजर सार्वजनिक भएको छ । पुस २८ गतेदेखिलाई प्रदर्शन मिति तय गरेको चलचित्रको टिजरमा नाजिर हुसेनलाई मात्र देखाइएको छ ।

पचास सेकेन्डको टिजरमा  तराईको कथामा फिल्म निर्माण भएको प्रस्ट देखिन्छ । चलचित्रमा केकी अधिकारीको पनि मुख्य भूमिका भए पनि टिजरमा भने देखाइएको छैन । एमके पौडेलले निर्माण गरेको चलचित्रको कथा निर्देशक थापाले नै लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

उक्त चलचित्रमा नाजिर हुसेन र केकी अधिकारीसहित कामेश्वर चौरासिया, दीपक क्षेत्री, सिपी पौडेल, अरुण रेग्मी, संगिता नापित लगायतका कलाकारको समेत अभिनय रहेको छ ।
कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस