सिनेमा

अजय देवगनको ‘सिंघम ३’ हुनेछ यो फिल्मको रिमेक


मुम्बई – अजय देवगन र रोहित सेट्टी 'गोलमाल अगेन'बाट पाएको सफलताले जोशमा छन् । रोहितले 'गोलमाल ५' बनाउने संकेत पनि दिएका छन् । तर उनले यतिबेला भने ‘सिंघम ३’ का लागि भने काम शुरु गरिसकेका छन् ।

अजय देवगनसँग उनको सिंघम पनि हिट सिरिज हो । सिंघमको पहिलो भाग २०११ मा आएको थियो । र दोस्रो फिल्म २०१४ मा आएको थियो । दुवै फिल्म हिट पनि भएका थिए ।

अहिलेसम्म सिंघमको सिरिज तमिल सुपरस्टार सूर्याको फिल्ममा आधारित थियो । तर ‘सिंघम ३’ भने मलयालम फिल्म ‘एक्सन हिरो बिजु’ मा आधारित हुने भएको छ ।

अतुल महोनले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका थिए । पछि रोहित सेट्टीको अफिसले पनि यो खबरलाई पुष्टि गरिदिएको थियो ।

उनले बताएका छन्, मलयालम फिल्मको रिमेक राइट्स लिइसकिएको छ । यो पनि प्रहरी अधिकारीको कहानी हो । फिल्मको स्क्रिप्टमा भने काम हुन बाँकी नै छ । कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस