सुशासन

नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न सर्वोच्चको आदेश


काठमाडौं, १५ कात्तिक  - सर्वोच्च अदालतले नेसनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको छ ।

कलेज संचालकले असोज ३१ गते दायर गरेको रिटमा एक पक्षीय सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले नेसनल खारेजको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्ले नेसनलको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस