सिनेमा

सार्वजनिक गरियो ‘फिर्के’ को पोस्टर, रिलिज मिति घोषणा


काठमाडौं, १५ कार्त्तिक – चलचित्र ‘फिर्के’ को पोस्टर सार्वजनिक गरिएको छ । साथै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । तीतो सत्यमा का बेइमानको भूमिका निभाउने डंगोलले ६ वटा नेवारी चलचित्र पनि निर्देशन गरिसकेका छन् ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई रामकुमार केसीले छायांकन गरेका हुन् । चलचित्र पुस १४ गतेदेखि नेपालभर रिलिज हुनेछ ।

कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस