सुशासन

प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध ज्यान मारेको मुद्दा दर्ता


काठमाडौं, १७ कात्तिक– प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ ।

कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङ जोगिमाराका मजदुरहरुका आफन्तले देउवा र कटुवालविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री तथा रुक्माङ्गत कटुवाल त्यहाँ कार्यरत सेनाको गुल्म प्रमुख भएका बेला २०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको थियो ।

उक्त कारबाहीमा मृत्यु हुने मजदुरमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमाराबाट काम गर्न गएका मजदुर थिए ।

घटनामा मारिएका मजदुरका आफन्तले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते नै सर्वोच्च अदालतमा उजुरी दिए पनि हालसम्म फैसला नभएको भन्दै अदालतमा पुनः ध्यानाकर्षण गराइएको जनाएका छन् । कात्तिक १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस