जीवनशैली : संस्कार

यो पानीको प्रत्येक थोपाको मूल्य हजारौं रुपैयाँ

काठमाडौं, १७ कार्तिक — तीस रुपैयाँ पर्ने पानीको बोतल त तपाईंले धेरैचोटि किनिसक्नुभएको होला । तर एक बोतल पानीकै एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंको होश उड्न सक्छ ।


विदेशी बोतल कम्पनी बेभर्लीले तयास पारेको पानीको बोतलको मूल्य यत्ति धेरै राखिएको हो ।

बोतलको नाम बेभर्ली हिल्स ९ओएच२ओ राखिएको छ । प्रसिद्ध गहनाकर्मीहरूले डिजाइन गरेकाले यो यति महंगो भएको हो ।

बोतलको बिर्को सेतो सुनबाट बनेको हो र त्यसमा ६०० जीबीएसको सेतो हीरा र करीब २५० भन्दा बढी कालो हीरा जडिएको छ । यी सबै १४ क्यारेटका हुन् ।

कम्पनीका अनुसार, एक करोड मूल्य पर्ने बोतलको पानी किन्न नसक्ने मानिसले १२०० रुपैयाँ पर्ने बोतलको पानी पनि किन्न सक्छन् । लग्जरी वाटर एडिसन छिमेकी मुलुक भारतमा सन् २०१८ मा ल्याउने तयारी भइरहेको छ ।

यो पानी अमेरिकाको दक्षिण क्यालिफोर्नियाको पाँच हजार फीट अग्ला पहाडहरूमा जम्मा गरिएको हो । यसका साथै पानीमा स्वच्छ खनिजका साथै प्राकृतिक क्षार र इलेक्ट्रोलाइट उपलब्ध छन् ।

एजेन्सी

कात्तिक १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस