सिनेमा

‘कान्छी’ को गीतः चरीचट्ट परीमा दयाहाङ र स्वेता


काठमाडौं, १७ कार्तिक – चलचित्र ‘कान्छी’ को नयाँ गीत नयाँ गीत सार्वजनिक भएको छ । चरीचट्ट परी बोलको गीतमा दयाहाङ राई र स्वेता खड्काको अभिनय रहेको छ ।

राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरासिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ, सुजल गिरी, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

कात्तिक १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस