उपभाेक्ता

एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध पर्यो उजुरी, उम्मेदवारी खारेज गर्न माग


काठमाडौं, १८ कात्तिक– 
नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालविरुद्ध उजुरी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा सिलवालविरुद्ध उजुरी परेको हो । सिलवाल उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका विकाससिंह तामाङले उजुरी दिएका हुन् ।

शुक्रवार अपराह्न दिइएको उजुरीमा सिलवाल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिन अयोग्य रहेको भन्दै उम्मेदवारी खोरेज गर्न माग गरिएको छ ।
सिलवाललाई एमाले–माओवादीको वाम गठबन्धनले ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो । सिलवाले बिहीवार मनोनयन दर्ता गर्दै आफू विजयी हुनेमा निश्चित रहेको बताएका थिए ।

एक महिना अगाडि मात्रै नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवालविरुद्ध नेपाली कांग्रेसबाट राज्यमन्त्री समेत रहेका कांग्रेसका उदय शमशेर राणा प्रतिस्पर्धामा छन् । कात्तिक १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस