सुशासन

चुनावी प्रचारमा गएका उम्मेदवार वेहोस भएर ढलेपछि...


मन्थली, १८ कात्तिक– पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुने प्रदेश तथा प्रनिधिसभा निर्वाचनको प्रचारका क्रममा उम्मेदवार बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।

संघीय समाजवादी फोरमका तर्फबाट रामेछाप ‘ख’का लागि प्रदेशसभा उम्मेदवार रामबहादुर तामाङ चुनाव प्रचारका क्रममा बेहोस भएका हुन् । चुनाव प्रचारका क्रममा बेहोस भएर ढलेपछि तामाङलाई शुक्रवार हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ ।

चुनाव प्रचारका लागि सदरमुकाम मन्थलीमा निस्किएका तामाङ एक्कासी बेहोस भएका थिए । उनलाई तत्कालै स्थानीय रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिए पनि होस नखुलेपछि शुक्रवार साँझ काठमाडौं ल्याइएको हो ।
अहिले उनको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कात्तिक १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस