सुशासन

स्मार्टफोनलाई यसरी बनाउनुस् कम्प्युटर !

काठमाडौं, १९ कात्तिक — विन्डोज अपरेटिङ सिस्टमका लागि विन्डोज स्मार्टफोन आवश्यक हुन्छ तर विन्डोडले स्मार्टफोन बनाउनै छोड्यो । तर जुनसुकै एन्ड्रोइड फोन भएपनि त्यसलाई विन्डोजमा कन्भर्ट गर्न सकिन्छ ।


तपाईंको मोबाइलको स्टार्ट मेन्यू बारमा डेस्कटपमा देखिने आइकन र कम्प्युटरका अन्य फीचरहरू देखाउन मिल्छ । फोनमा कम्प्युटर बनाउनका लागि एउटा फ्री एन्ड्रोइड एप आएको छ जसको नाम हो कम्प्युटर लन्चर ।

प्लेस्टोरमा गएर कम्प्युटर लन्चर डाउनलोड गर्नुस् ।

तपाईंको फोनमा डेस्कटपजस्तै आइकन र सेटिङ देखिन्छ ।

तपाईंले सजिलै नयाँ फोल्डर बनाउन सक्नुहुन्छ । अनि एपहरूलाई अपरेट गर्न सक्नुहुन्छ ।

विन्डोज थिमका साथ फाइल एक्स्प्लोरर दिइएको हुन्छ ।

कुनै पनि फाइललाई सजिलै कट, कपी, पेस्ट, मुभ र शेयर गर्न सक्नुहुन्छ ।

तपाईंको फोनको मेमोरी कार्ड र स्टोरेज पीसी ड्राइभजस्तो देखिन्छ ।

स्क्रीनमा युजर, पीसी, रिसाइकल बिनका आइकनहरू देखिन्छन् ।

युजरले जिप फाइल पनि सजिलै एक्स्ट्य्राक्ट गर्न सक्छन् ।

एपलाई एन्ड्रोइडको ४.१ अपरेटिङ सिस्टम र त्यसभन्दा माथिको भर्जनमा इन्स्टल गर्न सक्नुहुन्छ ।

यसलाई २५ हजारभन्दा बढी युजरले ४.५ स्टार रेटिङ दिएका छन् ।

एजेन्सी

कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस