बैंक / सेयर

एन आई सी एशिया बैंकको ३ नयाँ शाखाहरु खजुरा, मगरागडी र रमाइलोमा


एन आई सी एशिया बैंकको ३ नयाँ शाखाहरु, खजुरा गाउँपालिका वडा नं. ०३, बाँके त्यसैगरी बारबर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोर¨मा आज मिति २०७४ कार्तिक १७ गते एक समारोहका बिच् समुद्घाटन सुसम्पन्न भयो । नेपाल राष्ट͙ बैंकका निर्देशक श्री गुरु प्रसाद पाडैलज्यूबाट खजुरा र मगरागडी शाखाको समुद्घाटन सम्पन्न भएको थियो भने रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष श्री तारा बहादुर काफ्लेज्यूबाट भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस