जीवनशैली : स्वास्थ्य

४० कटेसी रमाउन स्वास्थ्यमा ध्यान दिनुस्

काठमाडौं — उमेर बढ्दै जाँदा स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्छन् । अझ ४० वर्ष कटेपछि त रक्तचाप, मधुमेह, जोर्नीको दुखाइ, पाचनक्रियामा गडबडी, टाउको दुख्ने, कमजोरी र अन्य रोगहरू आइलाग्छन् । सबैलाई यो समस्याले सताउने भएपनि महिलालाई यसले धेरै दुःख दिन्छ । यसरी गर्नुस् आफ्नो स्याहार :

चिकित्सकलाई देखाउनु अत्यन्त जरूरी हुन्छ तर धेरै मानिस यसप्रति ध्यानै दिँदैनन् । चालीस कटेपछि नियमित चेकअप गराउनुस् । यसो गर्दा शारीरिक कमजोरी छिट्टो थाहा पाइन्छ र सही समयमा उपचार हुन्छ ।

यो उमेरमा आफ्नै इच्छामुताबिक व्यायाम शुरु नगर्नुस् । चिकित्सकको सल्लहाबमोजिम व्यायाम गर्नुस् ।

बिहान भ्रमण गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । दिनदिनै कम्तीमा २० मिनेट भ्रमण गर्नुस् । यसो गर्दा रोगहरू निको हुन्छन् । अलिअलि गर्दै भ्रमणको समय बढाउँदै जानुस् ।

खानपानमा ध्यान दिनुस् । सन्तुलित भोजन गर्नुस् । चिल्लो र जंक फूड नखानुस् ।

दिनमा आठ घन्टा अवश्य सुत्नुस् । निद्रा पूरा नहुँदा स्वास्थ्यलाई हानि पुग्छ ।

धेरै मानिस यो उमेरमा मानसिक तनावको शिकार हुन्छन् । यसबाट बच्न मेडिटेसन गर्नुस् । योग र ध्यानले स्वास्थ्य राम्रो बनाउँछ ।

एजेन्सी

कात्तिक २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस