सिनेमा

सलमान खानको टाइगर जिन्दा हैको ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २१ कात्तिक — सलमान खानको बहुप्रतीक्षित फिल्म टाइगर जिन्दा है को ट्रेलर मंगलवार सार्वजनिक भएको छ । अपेक्षा गरिएजस्तै यसमा गजबका एक्सन सिक्वेन्सहरू छन् ।

फिल्ममा सलमानको केमिस्ट्री कट्रिना कैफसँग राम्रो जमेको छ । फिल्मको ब्याकग्राउन्ड स्कोर पनि गजबको छ । 

सन् २०१२ मा आएको फिल्म एक था टाइगरको सिक्वेल हो यो । त्यो फिल्म कबिर खानले बनाएका थिए भने यो फिल्म चाहिँ सुल्तान बनाउने अली अब्बास जफरले बनाएका हुन् । 

अस्ट्रियाको चिसो मौसमदेखि अबु धाबीको लिवा मरुभूमिको तातोसम्म खिचिएको फिल्मले भरपूर मनोरञ्जन दिने अपेक्षा छ । 

एक्सन थ्रिलरको महत्त्वपूर्ण सिक्वेन्स लिवा मरुभूमिमा खिचिएको हो । त्यतिखेरको मौसम ५० डिग्री सेल्सियस रहेको छ । 

हलिउडका प्रसिद्ध द्वन्द्व निर्देशक टम स्ट्रुथर्सले एक्सन सिक्वेन्स निर्देशन गरेका छन् । 

हेरौं ट्रेलर :

एजेन्सी

कात्तिक २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस