मनोरञ्जन

कटरिनासँग छ यति धेरै सम्पत्ति, कति कमाउँछिन् ?

 

भारतीय अभिनेता, अभिनेत्रीहरूको कमाइ र सम्पत्तीको बेलाबेलामा चर्चा चल्ने गरेको छ । उनीहरूको कमाइ र जीवन शैली बारे मानिसहरूले चासो व्यक्त गर्ने गरेका छन् ।

 

भारतीय फिल्म उद्योगमा अभिनेताको तुलनामा अभिनेत्रीहरूले कम पारिश्रमिक लिने गरेका भएपनि उनीहरूले लिने पारिश्रमिक पनि उच्च मूल्यको रहने गरेको समाचारहरू सार्वजनिक हुने गरेका छन् ।

 

सन् २००३ देखि बलिउडमा सक्रिय क्याट्रिना एउटा फिल्म अभिनय गरेबापत ६ देखि ७ करोड भारुसम्म लिने गर्छिन् ।

 

तर, अचम्मको कुरा के छ भने उनको अहिलेसम्म भारत घर छैन । उनी भाडाको फ्ल्याटमा बस्छिन् । कारकी सौखिन क्याट्रिनासँग अडी क्यु–थ्री, अडी क्यु–सेभेनजस्ता महँगा कार छन् । भारतीय मिडियाको दाबीअनुसार क्याट्रिनाको सम्पत्ति ६४ करोडभन्दा बढी छ ।

 

सुरुवातका दिनमा क्याट्रिना बान्द्राको गुलदेव सागरमा भाडामा बस्थिन् । सन् २०१४ मा भने उनी ब्वाइफ्रेन्ड रणवीर कपुरसँग कार्टर रोडस्थित सिल्भर सेन्ट अपार्टमेन्टमा सिफ्ट भइन् । तर, सन् २०१६ को सुरुवातमा उनीहरू छुट्टिए ।

 

त्यसपछि क्याट्रिना केही समय त्यही फ्ल्याटमा बसिन् । त्यो फ्ल्याटको भाडा मासिक १५ लाख भारु भएको बताइन्छ । त्यसको केही समयपछि क्याट्रिना बान्द्रामा एउटा फ्ल्याट खोजेर सरिन् । जहाँ उनी अहिले एक्लै बस्छिन् । यद्यपि, क्याट्रिनाले हालै मुम्बईमा घर किनेको खबर आएको छ ।

कात्तिक २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस