उपभाेक्ता

सिटी एक्सप्रेस र कोरियन कम्पनीबीच रेमिट्यान्स सम्झौता

जापानको  प्रतिष्ठित  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस  मनी  ट्रान्सफर जापान र  कोरियन  कम्पनीको  संयुक्त लगानीमा  स्थापित  कम्पनी   GmoneyTransले  यही  नोभेम्बर  ११,  २०१७  गते  शनिबार  देखि  आफ्नो  सेवा  शुरु गर्दैछ । दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन  खुल्ला  गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति  प्राप्त  गर्ने  केही  सिमित  कम्पनी  मध्ये  GmoneyTrans  एक  हो ।

हाललाई कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको  GmoneyTrans ले केही दिन मै मोबाइल एप बाट पनि सेवा शुरु गर्नेछ । हाल बिधमान रेमिट्यान्स कम्पनीको अनलाइन सेवा लिन सेवाग्राही कम्तिमा एक पटक शाखा जानु पर्ने झन्झटिलो प्रक्रिया सहज होस् भन्ने अभिप्रायका साथ Gmoneyले आफ्नो मोबाईल एप सेवा पूर्ण अनलाइन  रजिष्टर गर्न मिल्नेखालको  ल्याउन  लागेको हो । Gmoneyको  मोबाईल एप शुरु भैसकेपछि  सेवाग्राही कहि  नगई  स्वयम  आफैले  घरमै बसेर  दर्ता  गर्न  सक्नेछन् ।

 कोरियाबाट पठाएको १०मिनेट मै नेपालमा रहेका आफन्तजनहरुले  नेपाल  अधिराज्यभरका  सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५००० भन्दा धेरै भुक्तानी केन्द्रहरु बाट पैसा पाउन सक्नेछन् । साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ । Gmoneyको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन । सरल , सुरक्षित , छिटो ,छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि कोरिया र नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिनुका साथै हुण्डी कारोवार पनि उल्लेखित मात्रामा घट्ने अपेक्षा गरिएको छ।

कात्तिक २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस