खेलकुद

एसिया कपमा बंगलादेशसँग भिड्दै नेपाल (लाइभ)

काठमाडौं, २५ कात्तिक– मलेसियामा शुक्रवारदेखि शुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलअन्गर्त अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । 

क्वावालम्पुरको किनरारा मैदानमा केही समय अगाडि शुरु भएको खेलमा नेपालल टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ब्याटिङ ओपनिङ गरेकोमा जितेन्द्र ६ रन बनाएर आउट भइसकेका छन् । 

९.४ ओभर पूरा हुँदा नेपालले १ विकेट गुमाएर २९ रन बनाउन सकेको छ । 

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह (ए) मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् भने समूह (बी) मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्।

लाइभ हेर्नुहाेस्

कात्तिक २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस