खेलकुद

नेपाल र बंगलादेशबीचको खेल बर्षाका कारण स्थगित

क्वालालम्पुर, २५ कात्तिक– मलेसियामा शुक्रवारदेखि शुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बंगलादेशसँग नेपालको पहिलो खेल बर्षाका कारण स्थगित भएको छ ।  

शुक्रवार विहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा मैदानमा शुरु भएको खेल बर्षाका कारण स्थगित भएको हो । 

नेपालले ४०.१ ओभर खेली ६ विकेट गुमाएर १६७ रन बनाउँदा खेल स्थगित भएको छ । बर्षा रोकिए खेल पुनः शुरु हुने जनाइएको छ । 

यसअघि वर्षाका कारण ५० ओभरको खेल ४३ ओभरमा छोट्ट्याइएको थियो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदै आउट भइसकेका छन् । यस्तै नेपालका लागि रोहित कुमारले ४०, आसिफ शेखले ३० र अनिल साहले १९ रनको योगदान पुर्याए । 

कप्तान दिपेन्द्रसिंह ऐरी ४१ बलमा १२ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् । 

खेल स्थगित हुँदा क्रिजमा रहेका प्रकाश केसीले ४ र कमल सिंह ऐरीले ६ रन बनाएका छन् । 
 

कात्तिक २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस