खेलकुद

नेपालले बंगलादेशलाई दियो १८१ रनको लक्ष्य

क्वालालम्पुर, २५ कात्तिक– मलेसियामा शुक्रवारदेखि शुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसामू १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रवार विहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा मैदानमा टस हारेर ब्याटिङ शुरु गरेको नेपालले ४०.१ ओभरमा ७ विकेट गुमाउँदै  १६७ रन बनाउँदा बर्षाका कारण खेल स्थगित भएपछि डकवर्थ लुइसको नियममा बंगलादेशले १८१ रनको लक्ष्य पाएको हो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदै आउट भइसकेका छन् । यस्तै नेपालका लागि रोहित कुमारले ४०, आसिफ शेखले ३० र अनिल साहले १९ रनको योगदान पुर्याए । 

कप्तान दिपेन्द्रसिंह ऐरी ४१ बलमा १२ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् । 
 

कात्तिक २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस