खेलकुद

बंगलादेशसँग चुक्यो नेपाल, २ विकेटले पराजित

क्वालालम्पुर, २५ कात्तिक– मलेसियामा शुक्रवारदेखि शुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बंगलादेशसँगको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

बंगलादेशले नेपाललाई २ विकेटले पराजित गरेको हो । बर्षाका कारण ४० रनमा छोट्याइएको खेलमा बंगलादेशले ८ विकेट गुमाउँदै ३९.५ ओभरमा नेपालद्वारा प्रस्तुत १८१ रनको लक्ष्य पूरा गर्याे । 

शुक्रवार विहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा मैदानमा टस हारेर ब्याटिङ शुरु गरेको नेपालले ४०.१ ओभरमा ७ विकेट गुमाउँदै  १६७ रन बनाउँदा बर्षाका कारण खेल स्थगित भएको थियो । बर्षाले खेल प्रभावित भएपछि डकवर्थ लुइसको नियममा बंगलादेशले नेपालका तर्फबाट १८१ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ बनाए भने रोहित कुमारले ४० रन बनाए । नेपालका लागि आसिफ शेखले ३० र अनिल साहले १९ रनको योगदान पुर्याए । 

कप्तान दिपेन्द्रसिंह ऐरी ४१ बलमा १२ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् ।  
 

कात्तिक २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस