विश्व/प्रवास

जब प्राध्यापकले पत्नीलाई ह्वाट्सएपबाट डिभोर्स दिए

भारतमा एक विश्वविद्यालयका प्राध्यापकले श्रीमतीलाई ह्वाट्सएपबाट सम्बन्ध विच्छेद(तलाक) दिएका छन् । 


अलीगढ मुस्लिम विश्वविद्यालयका प्राध्यापकले पत्नीलाई तलाक दिएका हुन् । भारतीय समाचार पत्र टाइम्स अफ इण्डियाका अनुसार प्राध्यापककी पत्नीले पहिलो ह्वाट्सएप र पछि मोबाइलमा म्यासेज पठाएर सम्वन्ध विच्छेद गरेका हुन् । 


प्राध्यपककी श्रीमतीले बीसी कार्यालयको बाहिर बच्चासमेत आत्मदाह गर्ने धम्की दिएकी छिन् । तर कुनै केस भने दर्ता गराएकी छैनन् । प्राध्यापकले आफूले ह्वाट्सएपका अलाबा दुई मानिसको अगाडि पत्नीलाई तलाक दिएको थिए । 


प्राध्यापककी पत्नीको दाबा छ कि उनी एक साथ तीन तलाक को शिकार भएकी छिन् जुन सर्वोच्च अदालतले गैरकानूनी बताएको छ । 
 

कात्तिक २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस