ट्रम्प-पुटिन भेटवार्ता, के भयो कुराकानी ?

वासिङ्टन, २६ कात्तिक -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ ।
भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उहाँहरुको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ ।
उक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन् । हाल त्यहाँ आइएसका गतिविधिहरु पहिलेको तुलनामा धेरै नै कम भएको विश्लेषण यी दुई देशको छ ।
यी दुई देशको संयुक्त सैन्य काबारही पनि बिगतमा भएको थियो । जसका कारण सिरियामा आइएसका धेरै लडाकू मारिएका छन् र यसबाट दुवै देश सन्तुष्ट छन् ।
उक्त भेटपछि जारी भएको वक्तव्य अमेरिकी विदेशमन्त्रालयको वेबसाइटमा राखिएको थियो । उक्त वेबसाइटमा दिइएअनुसार दुवै देशका सेनाले विभिन्न माध्यमबाट सञ्चार स्थापना गरेका छन् ।
सो विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ ।
दुवै देशका नेताहरुद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन, समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ ।
सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भनेपनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ ।
उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ ।
सिरियामा गएको पाँचबर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण त्यहाँ साढे दुई लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यहाँको सुरुको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ ।
तर त्यहाँ शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन । यसअघि भएका कैयौं शान्तिवार्ताहरु तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन ।
यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माण हुनुका साथै सैन्य परिचालन लगायतका प्रयासहरु भएका थिए ।
तर ती प्रयासहरुले आजका मितिसम्म पनि सिरियामा शान्ति स्थापनाको काममा सफलता पाउन सकिरहेका छैनन् ।
थप समाचार
- हत्या प्रयासबाट बालबाल बाँचे लिवियाका प्रभावशाली सैन्य कमाण्डर
- किम जोङ इलको आदेशमा प्रसिद्ध कलाकार चोइको अपहरण गरिएको थियो
- उत्तर कोरिया र दक्षिण कोरियाबीच नाटकीय परिवर्तन
- छोरी ‘वलात्कार’ को मुद्दा लुकाउन बाबुआमाले खाए पैसा
- सन् २०१८ मा दुई हजार प्यालेष्टिनी इजरायलको नियन्त्रणमा
- दोहोरो गोली हानाहानमा १० जनाको मृत्यु
ताजा समाचार
- ब्लड बैंक नहुँदा बिरामीलाई समस्या
- स्थानीय तहका योजना, जनयुद्धका घाइतेलाई भत्तादेखि फुसको छाना विस्थापित गर्नेसम्म
- दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता]
- विदेशबाट फर्केर स्वदेशमा उद्यम गरेकाहरुलाई श्रम मन्त्रालयले सम्मान गर्ने
- ओलीसँग निर्णायक वार्ता गर्दै प्रचण्ड
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस