राजनीति

वाम गठबन्धन बनेर कार्यकर्ता खुसी भएनन्ः बामदेव

बर्दिया, २६ कात्तिक  नेकपा एमालेका उपाध्यक्ष एवं बर्दिया क्षेत्र नंं १ का उम्मेदवार वामदेव गौतमले वाम गठबन्धनपछि कार्यकर्ता जति खुशी हुनुपर्ने हो त्यति हुन नसकेको बताएका छन् । 
 “वाम गठबन्धनपछि हामी र कार्यकर्ता जति खुशी हुनुपर्ने हो, त्यति हुन सकेका छैनाँै तर त्यो भन्दा विपक्षीहरु चिन्तित र दुखित हुनुभएको छ”–उनले भने  । 


मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार अभियानको क्रममा गुलरियामा आज आयोजित छलफल कार्यक्रममा उपाध्यक्ष गौतमले वाम एकताको प्रयास २०६३ सालदेखि नै शुरु भएको खुलासा गरे । 

कर्मचारी संगठनको भेलालाई गुलरियामा सम्बोधन गर्दै उनले माओवादी र एमालेबीच एकताका लागि अहिलेसम्म करिब छ÷सात पटक भेला बसेको र अहिले आएर मात्रै एकता संभव भएको बबताए । 

बर्दिया क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार तिलक शर्माले वाम गठबन्धनको कार्यसमिति वडास्तरसम्म गठन भइसकेको जानकारी गराउँदै अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुन गइरहेको निर्वाचन कम्युनिस्टहरुको अग्नि परीक्षा जस्तै भएको बताए । 

कात्तिक २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस