विश्व/प्रवास

ईरान–इराक सीमामा शक्तिशाली भूकम्प, १४० को मृत्यु

काठमाडौं, २७ कात्तिक– ईरान र इराकको सीमावर्ती शहरलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पका कारण कम्तिमा १४० जनाको मृत्यु भएको छ । भूकम्पमा परी ८ सय भन्दा बढी मानिस घाइते भएका छन् । 

अमेरिकी भौगर्भिक सर्वेक्षण विभागका अनुसार इराकी शहर हलबजाभन्दा ३१ किलोभिटर पर केन्द्रविन्दु बनाएर ७.३ रेक्सर स्केलको भूकम्प गएको हो । 

स्थानीय समयअनुसार राति ९ ः १८ बजे गएको भूकम्पको झट्का १९ सेकेण्डसम्म रहेको थियो ।  भूकम्पमा परी ईरानको पश्चिमी राज्य कर्मिन्साहमा १३० जनाको मृत्यु भएको जनाइएको छ । 

इराकमा अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । 

भूकम्पका कारण शहरी क्षेत्रका भवन, अस्पताल, सार्वजनिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

भूकम्पले गाउँमा पनि क्षति पुर्याएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । ग्रामिण क्षेत्रमा पुगेको क्षतिबारे पूर्ण विवरण प्राप्त हुन नसकेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।  
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस