राजनीति

अर्थमन्त्रीले दश सेकेण्डमा सुनाए मन्त्रिपरिषद्को निर्णय, भयो के ?

काठमाडौं २७ कात्तिक– प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमवार मन्त्रिपरिषद्को नियमित बैठक थियो । मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षासहित पत्रकारहरु समाचार संकलनको लागि सिंहदरवार पुगेका थिए । 


मन्त्रिपरिषद्को बैठक सकियो, निर्णय सुनाउन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सरकारका प्रवक्ताले मिडियालाई जानकारी गराउने कक्षमा आएर बोल्न थाले । पत्रकारहरुले क्यामेरा तेर्साए । 


मन्त्री कार्कीले मन्त्रिपरिषद्का निर्णय दश सेकेण्डमा सुनाए । ‘आजको मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित काम कारवाहीका बिषयमा मात्रै छलफल भएको छ, अरु महत्वपूर्ण कुनै निर्णय भएको छैन्’ यत्ति भनेर मन्त्री कार्की बाहिरिए । 


निर्वाचन आचार संहिता लागू भएका कारण सरकारले नियमित काम बाहेक अन्य नियुक्ती, बढुवा या दूरगामी महत्व राख्ने नीतिबारे निर्णय गर्न सक्दैन् । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस