सम–सामयिक

बलात्कारबाट बच्न आमा छोरी कुदिरहेको रेलबाट हामफाले पछि...

भारत कानपुरमा ४० वर्षकी एक महिला र उनकी १५ वर्षीय छोरीमाथि बलात्कारको प्रयास भएको छ । र, बच्नका लागि आमा छोरी कुदीरहेको रेलबाट हाम फालेका छन् ।

उनीहरु कोलकताबाट दिल्ली जाँदै थिए । 


भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सका अनुसार कुदी रहेको रेलबाट हाम फालेपछि आमा छोरी घाइते भएका थिए ।

करिब दुई घण्टापछि जब उनीहरुलाई होस आयो तब नजिकको रेलवे स्टेशन पुगे जहाँबाट उपचारको लागि अस्पताल लगिएको थियो  । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस