राजनीति

शशांकको चुनावी कार्यक्रममा विनोद चौधरीले भने, बहुमत कांग्रेसले नै ल्याउँछ

गैँडाकोट २७ कात्तिक–नेपालका प्रतिष्ठित उद्योगी विनोध चौधरीले आशन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । देशको स्थिरता र समृद्धिका लागि स्थायी सरकार आबस्यक रहेको र त्यो कांग्रेसले मात्र ल्याउन सक्ने उनको दावी थियो ।

‘मेरो इच्छा विकसित र स्वाभिमानी नेपाल हो, आर्थिक विकासका लागि स्थायी सरकार आबस्यक हुन्छ,’ कांग्रेस महामन्त्री डा शशांक कोइरालाको चुनावी प्रचारको उद्घाटन कार्यक्रममा चौधरीले भने ‘चुनावमा बहुमत ल्याउने भनेको १ सय ५४ चुनावी क्षेत्रमा लड्ने कांग्रेसले मात्र हो ।’

चौधरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार हुन् । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस