भारतका कप्तान द्रविणले नेपाली क्रिकेट टोलीलाई बधाई दिए

कात्तिक २७, २०७४

भारतलाई हराएको नेपाली टोलीलाई भारतीय प्रशिक्षक राहुल द्रविणले बधाई दिएका छन् । 


द्रविणले नेपाली टोलीलाई भेटेर बधाइ दिएका थिए । उनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताएका थिए । इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा नेपाली टिमका प्रशिक्षक विनोद लासले खेलपछि प्रशंसा गर्दै आफूहरुलाई द्रविणले बधाइ दिएको बताएका छन् । 



दासले भनेका छन्,‘द्रविण धेरै विनम्र देखिएका थिए, उनले हामी सवैलाई बधाई दिए ।’ दासको भनाइ उदृत गर्दै क्रिकइन्फोले लेखेको छ,‘उनले हाम्रो खेललाई प्रशंसा गरेकोमा हामी निकै खुसी भएका छौं ।’
आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । नेपालले भारतमाथि जित दर्ता गरेको यो पहिलो पटक हो । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस