खेलकुद

फिलिपिन्स विरुद्ध खेल्न नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं, २७ कात्तिक - एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि एन्फाले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट भएको हो ।

टोलीमा ७ डिफेण्डर, तीन गोलरक्षक,  ८ मिडफिल्डर र ५ स्ट्राइकर रहेका छन् ।

टोलीमा मिडफिल्डर जगजीत श्रेष्ठ फेरि फर्किएका छन् । अष्ट्रेलियामा बस्दै आएका जगजीत १८ महिनापछि टिममा फर्किएका हुन् ।

टोलीमा गोलरक्षकहरु किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ रहेका छन् । त्यस्तै डिफेण्डरमा बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।


मिड फिल्डरमा सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर र सुनील वाल रहेका छन् । फरवार्डमा चाहिँ भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहेका छन् ।

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस