अर्थ विविध

अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनीलाई म्याद थप

काठमाडौं, २७ कात्तिक–  लगानी बोर्डले दुई ठूला जलविद्युत् आयोजना अरुण तेस्रोको निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज र माथिल्लो कर्णाली निर्माणको जिम्मपा पाएको अर्को भारतीय कम्पनी जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेकै दिन लगानी बोर्डले समयमै लगानी जुटाउन नसकेका भारतीय कम्पनीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा सोमबार बसेको बैठकले ठूला परियोजना होल्ड गरिरहेका दुबै भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको हो ।

बोर्डले अरुण तेस्रोका लागि लगानी जुटाउन सतलजलाई ६ महिना समय थपेको हो भने जीएमआरलाई एक वर्ष म्याद थप गर्ने निर्णय भएको हो ।
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस